गेम्सले हाम्रा केटाकेटीलाई कसरी फाइदा पुर्याउछ ?

निमेष अधिकारी

२० भाद्र २०७७, शनिबार

विराटनगर । भदाै २०

हाल पुराना मोबाइल गेम खेल्ने शैलीमा भन्दा निकै परिवर्तन आएको छ । इन्टरनेटको पहुँच र बढ्दै गरेको प्रविधि विकासले मानिसको जिवनमा जसरी परिवर्तनहरू ल्याएको छ त्यतिकै मोबाइल तथा कम्प्युटरमा गेम खेल्ने तरिकामा पनि परिवर्तन ल्याएको छ । बढ्दाे शहरी करण तथा पहुँचले हाल मानिसहरू बाहिरी खेलभन्दा घरमै बसी मोबाइल तथा कम्प्युटर गेम्स खेल्न बढी रुचाउँछन् । नेपालमा पनि हालसालै अनलाइन गेम्स खेल्ने तथा लाइभ गेम युट्युब फेसबुक लगायतका अन्य स्रोतमा प्रसारण गर्ने एक लहरनै चलेको छ । अझ लकडाउनले यस प्रति मानिसको रुचि अझ बढाएको छ । तर हाम्रो छिमेकी रास्ट्र भारतले लगातार चर्चित अनलाइन गेम्सहरू प्रतिबन्ध लगाउन थालेपछि के साच्चै अनलाइन गेम्सहरूले नकारात्मकता मात्र फैलाइरहेको छ त? वा साच्चै यसले केटाकेटी प्रती खराब असर मात्र पुर्याइरहेको छ त भनेर अभिभावक चिन्तित हुनु स्वावाभिक नै हो तर गेम्सका केही फाइदा पनि रहेका छन् ।

केटाकेटीलाई भुलाउन मात्र नभइ शिक्षा दिने हिसाबले बजारमा विभिन्न गेम्सहरूको विकास भएको छ जसले पुराना शिक्षण प्रणालीभन्दा पृथक् तथा मनोरञ्जनात्मक तरिकाले शिक्षा हासिल गर्न मद्दत गर्दछ ।

१. कसरी गर्न सक्छ त गेम्सले केटाकेटीलाई फाइदा ?

साना केटाकेटीलाई पहिलो शिक्षा वा अक्षर चिनाउनमा मद्दत गेम्सले साना केटाकेटीलाई अक्षर चिन्न वा नयाँ कुरा सिकाउन धेरै मद्दत गर्दछ । केटाकेटीलाई भुलाउन मात्र नभइ शिक्षा दिने हिसाबले बजारमा विभिन्न गेम्सहरूको विकास भएको छ जसले पुराना शिक्षण प्रणालीभन्दा पृथक् तथा मनोरञ्जनात्मक तरिकाले शिक्षा हासिल गर्न मद्दत गर्दछ ।

२. दिमागको एकाग्रता तथा स्मरण शक्तिको बिकास

गेम्सले केटाकेटीलाई एकाग्र बनाइ सोच्ने शैली तथा रणनीति कसरी बनाउने यसमा पनि सहयोग गर्दछ जुन असल जिन्दगीमा पनि निकै प्रभावकारी तथा महत्वपूर्ण मान्ने गरिन्छ ।

गेम्सले केटाकेटीलाई बहुकार्य गर्न (Multitasking) मा पनि मद्दत गर्दछ । गेम्समा विभिन्न रणनीति तथा गेम अनुसारको विभिन्न क्रियाकलापमा ध्यान दिन पर्ने हुँदा यसले गेम खेल्ने व्यक्तिलाई चनाखो राखी सबै कार्यमा उतिकै ध्यान दिन बाध्य बनाउछ जसले बाहिरी जिवनमा पनि उतिकै मद्दत गर्दछ ।

३. भविष्य निर्णय लिनमा सहयोग

गेम्सले अहिलेको मात्र नभै अब के गर्दा भबिस्यमा के हुन सक्छ भनी सोच्न पनि मद्दत गर्दछ जसले असल जिन्दगीमा पनि सहि गलत निर्णय छुट्याउनमा पनि सहयोग गरि आफ्नो जिन्दगीमा कुन निर्णय लिने र यसले कस्तो नतिजा प्रदान गर्नेछ भनी सोच्न मद्दत गर्दछ ।

४. सामूहिक कार्यमा मद्दत तथा समूहमा कार्य गर्ने विस्वास तथा हौसला

आजकाल निर्माण भएका विभिन्न गेमहरु सामुहिक रुपमा बोल्दै एक अर्कालाइ मद्दत गर्दै खेल्न मिल्ने भएकाले यी गेमले समुहमा कसरी काम गर्न सकिन्छ र यसले हामिलाइ कसरी फाइदा पुर्याएर एक अर्का प्रतिको बिश्वास हासिल गर्न सकिन्छ भनेर पनि सहयोग गर्दछ जसले सामाजिक महत्त्व तथा फाइदाहरु सिक्नमा मद्दत गर्दछ ।

५. गहिरो शीर्षकको अध्ययन तथा आफ्ना कमजोरी थाहापाउने एक गतिलो मौका-

गेम्सले समाजिक भावनाको विकास मात्र नगरी आफूमा रहेको कमजोरी तथा डर र त्यसलाइ जित्न सक्ने हौसला प्रदान गर्दछ साथै यसले कुनै गहिरो शिर्षकमा सोचमग्न बनाई मानिसको चिन्तन शक्ति पनि विकास गर्दछ ।

यी र यस्ता थुप्रै फाइदाले गर्दा केटाकेटीलाई पुरानो शिक्षा प्रणाली संगै नयाँ र रचनात्मक तरिकाको शिक्षा हासिल गर्ने मौका प्रदान गरे बढलिदो समाज र चालचलन संग ढल्न र जीवन निर्वाह गर्न मद्दत गर्दछ । हरेक चिज सकारात्मक र नकारात्मक दुवै पाटो हुने भएकाले सकारात्मकतालाई अघि सारी यस वाट बढी भन्दा बढि कसरी लाभ उठाउने त्यस कुरामा अभिभावकको ध्यान केन्द्रित हुन जरुरी देखिन्छ ।