युवतीको नाङ्गो शरीर भएको शव फेला

२० भाद्र २०७७, शनिबार
सांकेतिक तस्वीर

विराटनगर । भदाै २०

सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका–९ स्थित सप्तकोशी नदीमा युवतीको नाङ्गो शरीर भएको शव फेला परेको छ ।

शनिबार बिहानको बराहक्षेत्र–९ को धरहरा टपन भन्ने ठाउको नदीमा अन्दाजी १८ २० वर्ष उमेरको जस्तो देखिने मंगोलियन खालको अनुहार भएकी युवतीको शव भेटिएको हाे ।

ईलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक पाण्डव राजवंशीका अनुसार शरिरमा कपडा नलगाएको, अन्दाजी ५ फिट उचाई भएको र कानमा सुन जस्तो कुण्डल लगाएको शव भेटिएपनि नाम, ठेगाना खुल्न नसक्दा सनाखत हुन सकेकाे छैन ।

शव हाल धरान स्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शवगृहमा राखिएको छ । कतै शवको पहिचान भएमा प्रहरीलाइ खबर गरिदिन पनि प्रहरी निरीक्षक राजवशीले आग्रह गरेका छन् ।