आज मछिन्द्रनाथको रथ तान्ने तयारी

२१ भाद्र २०७७, आईतवार

तीन दिनअघि प्रहरीसँगको झडपका कारण रोकिएको रातो मच्छिन्द्रनाथको रथ आज तानिने भएको छ ।

स्वास्थ्य मापदण्ड पूरा गरी आज दिउँसो तीन बजे मीननाथको रथलाई गाबाहालबाट सोह्रखुट्टे पाटीमा लगिने जात्रा कार्यदलका संयोजक चन्द्र महर्जनले जानकारी दिए ।

आज छ्यलाभु र भोलि भूज्या मनाएपछि उत्तम साइतमा रातो मच्छिन्द्रनाथको रथ बुङ्मति पुगेपछि जात्रा सम्पन्न हुन्छ । यसअघि परिक्रमा गराइने रथ यस वर्ष परिक्रमा नगरी विधिवत् रूपमा सम्पन्न गर्न लागिएको छ।

विगतमा मच्छिन्द्रनाथलाई पुल्चोकबाट गाबाहाल, मंगलबजार,सुन्धारा, लगनखेल हुँदै सुन्धारा पुगेपछि राष्ट्रप्रमुखलाई भोटो देखाउने भोटो जात्रा गरेर सम्पन्न गर्न गरिएको थियो ।

साउन १० गते रथ ठड्याइएको थियो ।।