सुशान्तसिंहका कामदार एनसीबीको पञ्जामा

२१ भाद्र २०७७, आईतवार

गत जून १४ तारिखका दिन आफ्नै घरमा मृत्त अवस्थामा फेला परेका बलिउड अभिनेता सुशान्तसिंह राजपुत प्रकरणको अनुसन्धानका क्रममा उनका घरेलु कामदार पक्राउ परेका छन् ।

कामदार दीपेश सावन्तलाई ड्रग्सको लेनदेनमा संलग्न रहेको आरोपमा नार्कोटिक्स कन्ट्रोल ब्युरोले हिरासतमा लिएको हो ।

सुशान्तका पूर्वम्यानेजर स्यामुअल मिरान्डाका साथै सुशान्तकी प्रेमिका अभिनेत्री रिया चक्रवर्तीका भाइ शैविक चक्रवर्तीसमेत अनुसन्धानका क्रममा हाल हिरासतमै रहेका छन् ।