कर तिर्ने म्याद २ महिना थप्न चेम्बरको माग

अनलाइन खबरबाट

२१ भाद्र २०७७, आईतवार
तस्वीर साभार

विराटनगर । भदाै २१

नेपाल चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले राजश्व सचिवलाई पत्राचार गरी अहिले राजश्व दाखिला गर्न सक्ने अवस्थामा उद्योगी–व्यवसायी नरहेको जानकारी गराएका छन् ।

पहिलाे लकडाउनभन्दा अहिले कडा निषेधाज्ञा गरिएका कारण कर सम्बन्धी सबै कागजात तयार पार्न पनि समय लाग्ने हुँदा समय थपिदिन अध्यक्ष श्रेष्ठको आग्रह छ ।

लकडाउनका कारण खातापाताहरू कारोबार स्थलमै रहेको र अहिले कारोबार स्थलमा जान पनि नसकिने अवस्था रहेका कारण कर तिर्न नसकिने अध्यक्ष श्रेष्ठले बताएका छन् ।

निजी क्षेत्र सरकारलाई राजश्व तिर्न सधैं तयार रहेको भन्दै उनले महामारीका बेला व्यवहारिक कठिनाइ भएकाले समय थप गर्नु पर्ने बताए ।