स्याङ्जाका १८ जुवाडेलाई कोरोना भाइरसको संक्रमण

अनलाइन खबरबाट

२१ भाद्र २०७७, आईतवार
तस्वीर साभार

विराटनगर। भदाै २०

स्याङ्जा जिल्लामा २२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । तीमध्ये कूल १८ जना जुवासम्बन्धी कसूरका अभियुक्तहरू हुन् ।

कोरोना संक्रमितसँग सम्पर्क भएको पाइएपछि क्वारेन्टिनमा राखिएकामध्ये १८ जनामा संक्रमण पुष्टि भएको स्याङ्जाका प्रहरी प्रमुख एसपी होविन्द्र बोगटीले बताए ।

बाेगटीका अनुसार प्रहरीले एक साता अघि उनीहरुलाई जुवा खालबाट पक्राउ गरेको थियो । केही अघि स्याङ्जामा तत्कालीन प्रहरी प्रमुख विमलराज कँडेलसहित ३८ जनालाई कोरोना भाइरसको संक्रमण देखिएको थियो ।