१८ सय १४ जना कोरोना संक्रमित संक्रमणमुक्त

२१ भाद्र २०७७, आईतवार

विराटनगर, भदौ २१  ।

आइतबार थप १८ सय १४ जना कोरोना  संक्रमणमुक्त भएका छन् ।

नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप १८ सय १४ जना कोरोना संक्रमणबाट निको हुँदै घर फर्किएको जानकारी दिएको छ । यससँगै कोरोनामुक्त हुनेको संख्या २८ हजार ९४१ पुगेको छ ।