विराटनगर, २१ भदौ ।
देशभर आइतबार ९ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज २ सय ९० महिला र ६ सय ९० पुरुष गरी थप ९ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
देशका विभिन्न ३९ प्रयोगशालामा गरिएको १० हजार ३ सय ८२ जनाको परीक्षणमा थप ९ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिएका हुन् । याेसँगै कूल संक्रमितकाे संख्या ४६ हजार २५७ पुगेको छ जसमा सक्रिय संक्रमितको संख्या १७ हजार २७ रहेको छ ।