मल आपूर्ति नगर्ने दुवै ठेकेदार कम्पनीमाथि कारबाहीको तयारी

२१ भाद्र २०७७, आईतवार

सम्झौता गरेर समयमा मल आपूर्ति नगर्ने दुई ठेकेदार कम्पनी कारबाहीमा पर्ने भएका छन् ।

शारदाप्रसाद अधिकारीको सैलुङ्ग कन्स्ट्रक्सन कम्पनी र होमनाथ कोइरालाको होविको मल्टिपल कम्पनीमाथि सरकारले कारबाही गर्न लागेको हो ।गत पुसमा भएको सम्झौता अनुसार मल ल्याउन नसकेपछि सार्वजनिक खरिद ऐन अनुसार कारबाही गर्न लागेको र हाल दुवै कम्पनीका कागज अध्ययन भइरहेको कृषि सामग्री कम्पनी लिमिटेडका प्रबन्धक नेत्रप्रसाद अधिकारीले बताएका छन् ।

यसैबीच, सरकारले मलको अभाव नियन्त्रण गर्न बंगलादेश सरकारसँग ५० हजार मेट्रिक टन मल सापटी दिन आग्रह गरेको छ ।।।