भारतीय र चिनियाँ रक्षामन्त्रीको रुसमा भेटवार्ता

२१ भाद्र २०७७, आईतवार
प्रतीनिधीमुल्क तस्विर

भारत र चीनबीच जारी सीमा विवादका बीच दुवै देशका रक्षामन्त्रीस्तरमा रुसको राजधानी मस्कोमा भेटवार्ता भएको छ ।
भारतीय रक्षामन्त्री राजनाथ सिंह र चिनीयाँ रक्षामन्त्री वै फङबीच भएको भेटवार्तामा दुवै देशको सीमा विवाद समाधानका लागि चिनियाँ राष्ट्रपति सी जीन पिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीचको सहमति अनुसार आपसी छलफलद्वारा निकास खोज्ने कुरा भएको छ ।

भेटमा दुवै देशबीच भएका सन्धि सम्झौताको भावनानुसार एक अर्का विरुद्ध नकारात्मक प्रचारबाजी र सामरिक रेखाको उल्लंघन नगर्ने सहमति भएको छ ।

सीमा क्षेत्रमा शान्ति कायम गर्नु दुवै देशका हितमा रहेको धारणा भारतीय रक्षामन्त्री राजनाथ सिंहले चिनियाँ समकक्षीसँग व्यक्त गरेका छन् । चिनियाँ सञ्चार माध्यमहरुका अनुसार रक्षामन्त्री सिंहले कुटनीतिक र सैन्य दुवै तहमा सहमतिका आधारमा विवाद समाधानको इच्छा प्रकट गरेका छन् ।।।