
विराटनगर । भदाै २१
कोरोनाका कारण विराटनगरमा थप एक जनाको मृत्यु भएको छ । विराटनगर महानगरपालिका वडा नं- २ का ७० वर्षीय वृद्धको मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको हो ।
ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या देखिएपछि आफन्तले उपचारका लागि शनिबार राती वृद्धलाई कोशी अस्पताल ल्याएका थिए तर उनकाे अस्पताल पुग्नु अगावै मृत्यु भइसकेको कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले बताए ।
‘मृत्युपछि स्वाब संकलन गरेर जाँच गर्दा कोरोना पोजेटिभ देखिएको छ’ दासले भने।
हालसम्म विराटनगरमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १४ पुगेको छ ।