अपाङ्ग किशोरीलाई डायनामिक मोरङ कमिटीको सहयोग

२१ भाद्र २०७७, आईतवार

रंगेली नगरपालिका ३ रंन्जनी बसोबास गर्दै आएकी १६ बर्षे चेतनाथ दाहालकी छोरी कंन्चन दाहाललाई डायनामिक मोरङ कमिटी द कोरियाको ले आर्थिक सहयोग गरेको छ । उनको सानै ऊमेरमा ढाडमा पिलो आएको र डाक्टर काे सल्लाह अनुसार अप्रेसन गर्दा राम्रो नभएपछि उनको शरिरकाे खुट्टा तथा  सबै भाग अपाङ हुनु परेको उनका पिता चेतनाथ दाहालले बताए । उनकाे अवस्था देखेर डायनामिक मोरङ कमिटी द कोरियाले उनको परिवारलाई आईतबार ४२ हजार ३ सय रुपैयाँ सहयोग गरेको छ। उक्त कार्यक्रममा नगरपालिका ३ का बडा अध्यक्ष घन्श्याम पनेरु को उपस्थिति भएको  थियोे ।