न्यायाधीशसहित १८ जनामा कोरोना संक्रमण : सप्तरीमा

२१ भाद्र २०७७, आईतवार

विराटनगर । भदाै २१

सप्तरी जिल्ला न्यायाधीशसहित अदालतका चारजना र विद्युत प्राधिकरणका ३ जना कर्मचारीमा आइतबार कोरोनाको संक्रमण देखिएको छ । गजेन्द्रनारायण सिंह अस्पताल राजविराजको प्रयोगशालामा आइतबार गरिएको परीक्षणअनुसार जिल्ला अदालतका ५२, ३४, २५ वर्षीय र उमेर नखुलेका गरी चार जनामा कोरोना पोजिटिभ देखिएको हो ।

सप्तरी अदालतका पाँचजनाले पीसीआर परीक्षणका लागि स्वाब दिएकोमा न्यायाधीश, न्यायाधीशका सुरक्षा गार्ड र दुईजना कर्मचारी संक्रमित भएको अदालतले जानकारी दिएको छ । अदालतमा कार्यरत अन्य कर्मचारीमा समेत ज्वरो र रुघाखोकी देखिएको छ ।

आइतबार नेपाल विद्युत प्राधिकरणमा कार्यरत तीनजना पुरुष कर्मचारी तथा ३३ वर्षीय प्रहरी समेत संक्रमित भएका छन् । स्वास्थ्य कार्यालय सप्तरीका अनुसार राजविराज नगरपालिका–२ का २२ वर्षीय पुरुष र १४ वर्षीया महिला, राजविराज ४ का ७० वर्षीय पुरुष, राजविराज– ७ का २७ वर्षीय र राजविराजको वडा नखुलेका ३५ वर्षीया महिला संक्रमित भएका छन् ।

साथै तिलाठी कोइलाडी–१ का १७ वर्षीय, वडा नम्बर–२ का २८ वर्षीय, वडा नम्बर ६ का ६४ वर्षीय, वडा नम्बर ७ का २९ वर्षीय पुरुष र वडा नम्बर–३ की २७  वर्षीया महिला समेत आइतबार संक्रमित भएका छन् । संक्रमितहरुको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सोमबार पुष्टि गर्ने तयारी गरेको छ ।

विस्तृत समाचार अन्नपूर्ण पोस्टमा प्रकाशित छ।