कहिले आउला काेराेनाकाे भ्याक्सिन?

२१ भाद्र २०७७, आईतवार
सांकेतिक तस्वीर

दुनियाँभरिमा काेराेना भाइरस बाट संक्रमणकाे केस बढेर अहिले सम्म २ कराेड ७० लाखभन्दा बढी पुगिसकेकाे छ । अहिलेसम्म मृतककाे संख्या ८ लाख ८३ हजारभन्दा बढी रहेकाे छ । दुनियाँभरिका मानिस याे राेगबाट छुटकारा पाउनका लागि भ्याक्सिनकाे पर्खाइमा छन् । तर भ्याक्सिन बजारमा कहिले आउँछ भन्ने अहिले नै कसैले अनुमान गर्न  सक्ने स्थिति छैन । यही बीचमा विश्व स्वास्थ्य संगठनले भ्याक्सिनकाे मामलामा एउटा बयान दिएकाे छ, जुन चिन्ताजनक छ । उसले काेराेनाकाे भ्याक्सिन २०२१ मा पनि आउन नसक्ने बताएकाे छ ।

विश्व स्वास्थय संगठनका प्रवक्ता मार्गरेट हेरिसका अनुसार अहिले सम्म एडभान्स क्लिनिकल स्टेजकाे लागि पनि कसैले परिक्षण गर्नलागेकाे खाेपकाे  लागि पनि याे भन्न सकिने अवस्था छैन कि  ती पुरै प्रभावी र सुरक्षित छन्।किनकी कुनै पनि खाेपले अहिले सम्म ५० जनामा पनि प्रभाव पार्न सकेकाे छैन ।

स्वीजरल्याण्काे जेनेभामा एक ब्रिफिङका क्रममा मार्गरेटले भने कि भ्याक्सिनकाे तेश्राे चरणकाे ट्रायलका लागि धेरै लामाे समय लाग्छ । यसमा हामीलाइ याे देख्न जरूरी हुन्छ कि भ्याक्सिन कति सुरक्षित छ र त्यसले काेराेना संक्रमितलाइ कति बचाउन सक्छ ।

विश्व स्वास्थ्य संगठन एकातिर छ, दाेश्राे तर्फ  रूसले पछिल्लाे महिनामा नै भ्याक्सिन लन्च गरेकाे थियाे। र, अहिले सम्म धेरैजनामा भ्याक्सिन प्रयाेग गरिसकिएकाेछ। जसमा राष्ट्रपति भ्लादिमिर पुटिनकि छाेरी पनि सामेल छिन् । हालै राष्ट्रपति पुटिनले दाेश्राे डाेजपछि पनि उनकि छाेरी स्वस्थ रहेकाे बताएका छन् । तर रूसले भ्याक्सिन ट्रायलसँग सम्बन्धित डाटा भने साझा गरेकाे छैन। यस्ताेमा कतिपय देशहरूले भ्याक्सिनकाे प्रभावका बारेमा र गाेपनियताका बारेमा प्रश्न उठाएका छन् ।

अक्टाेबर या नाेभेम्बरमा अमेरिकाले ल्याउन सक्छ भ्याक्सिन

अमेरिकी संस्था सेन्टर फर डिजीज कंट्राेल एण्ड प्रिवेशन (सीडीसी) ले जनस्वास्थ्यसँग सम्बन्धित एजेन्सीहरूलाई  बताएकाे छ कि उ अक्टाेबर या नाेभेम्बरसम्ममा काेराेना भ्याक्सिन तयार गर्न सक्छ । अमेरिकामा नाेभेम्बरमा राष्ट्रपतिकाे चुनाव हुँदैछ र त्याे भन्दा पहिले उसलाइ काेराेना भ्याक्सिन ल्याउनु पर्ने दबाब छ । किनकि दुनियाँमा जतिपनि भ्याक्सिन छन् तीसबै ट्रायलकाे तेश्राे चरणमा पुगेका छन। बैज्ञानिकहरूका अनुसार याे चरणमा भ्याक्सिनकाे प्रभाव जाँच्नका लागि समय लाग्न सक्छ ।