युईएफए नेसन्स लिग: युक्रेनमाथि स्पेनको ४–० को सानदार जित

२२ भाद्र २०७७, सोमबार

युईएफए नेसन्स लिगमा स्पेनले आफ्नो पहिलो जित हात पारेको छ । स्पेनले नेसन्स लिगको दोस्रो खेलमा युक्रेनमाथि ४–० को सानदार जित निकालेको हो । स्पेनको जितमा कप्तान रामोसले दुई गोल र युवा स्टार अन्सु फाती र फेरान टोरेसले गोल गरे । जितसँगै स्पेन लिग ‘ए’ ४ मा ४ अंक जोडेर शीर्षस्थानमा उक्लिएको  छ। । पराजित युक्रेन ३ अंक जोडेर दोस्रो स्थानमा रहँदा २ अंक जोडेर जर्मनी तेस्रो तथा १ अंकसहित स्वीट्जरल्यान्ड पुछारमा छ ।