सिपिएल : सन्दिपको टोली जमैका सेन्ट लुसिया जुक्ससँग ११ रनले पराजीत

२२ भाद्र २०७७, सोमबार

क्यारेबियन प्रिमियर लिग (सिपिएल) को लिग चरणको अन्तिम खेलमा सेन्ट लुसिया जुक्ससँग जमैका तलावाज ११ रनले पराजित भएको छ ।

पहिले ब्याटिङ गरेको सेन्ट लुसिया जुक्सले निर्धारित २० अोबरमा  सय ४६ रनको  लक्ष्य प्रस्तुत गरेको थियो । जवाफमा जमैकाले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ३४ रन मात्र बनाउन सक्दा ११ रनले पराजीत हुनपुग्यो ।

जमैकाका लागि सन्दिप लामिछानेले ४ ओभरमा १ मेडन सहित २० रन खर्चेर १ विकेट लिदै निकै किफायती बलिङ गरेका थिए ।