उद्योगी व्यवसायीलाई प्रधानमन्त्रीको आश्वासन : कर असुलीमा मात्रै ध्यान दिएका छैनौं

२२ भाद्र २०७७, सोमबार

प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योगी व्यवसायीसँग बालुवाटारमा छलफल गरेका छन् ।

हिजो भएको छलफलमा प्रधानमन्त्री ओलीले निजी क्षेत्रको समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका छन् ।

सरकारले कर असुलीमा मात्र नभई निजी क्षेत्रको व्यावसायिक प्रवर्द्धनका साथै नागरिकको जीवनरक्षाका लागि काम गरिरहेको प्रधानमन्त्री ओलीको भनाइ थियो ।

निजी क्षेत्रका सहभागीहरुले बन्दाबन्दीले व्यवसाय प्रभावित भएको भन्दै विकल्प खोज्न सरकारलाई आग्रह गरेका थिए ।

छलफलमा सरकारका तर्फबाट प्रधानमन्त्री ओलीसहित निवर्तमान अर्थमन्त्री डा. युवराज खतिवडा, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलगायत सहभागी थिए भने निजी क्षेत्रका तर्फबाट नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, उपाध्यक्ष चन्द्र ढकाललगायत सहभागी थिए