साेमबारदेखि रिलायन्स लाइफ इन्सुरेन्सको आइपीओ नेप्सेमा सूचीकृत

२२ भाद्र २०७७, सोमबार

विराटनगर । भदाै २२

रिलायन्स लाइफ इन्सुरेन्सको आइपीओ नेप्सेमा सूचीकृत भएको छ । मंगलबारबाट यसको सेयर कारोबार खुला हुनेछ । नेप्सेले यसको ओपनिङ रेन्ज पनि तोकेको छ । जसअनुसार पहिलो कारोबार न्यूनतम १०७ रुपैयाँ ५९ पैसादेखि अधिकतम ३२२ रुपैयाँ ७७ पैसाभित्र रहेर हुनेछ ।

आरएलआई संकेतमा यसको कारोबार खुला हुनेछ ।  रिलायन्सको २ करोड १० लाख कित्ता सेयर सूचीकृत गरिएको हो ।