देश र जनताप्रति उत्तरदायी हुन निजामति कर्मचारीलाई प्रधानमन्त्रीको आग्रह

२२ भाद्र २०७७, सोमबार

प्रधानमन्त्री  केपी  शर्मा  ओलीले  निस्वार्थ  रुपमा  जनताको सेवामा  समर्पित  हुन  निजामति  कर्मचारीलाई  आग्रह  गरेका छन् ।

आज  निजामति  सेवा  दिवसका  अवसरमा  शुभकामना सन्देश  जारी  गर्दै  प्रधानमन्त्री  ओलीले  उच्च  नैतिक  चरित्रका साथ  आफ्नो  ज्ञान  र  अनुभवलाई  देशको  हितमा  प्रयोग  गर्न आग्रह  गरेका  हुन् ।  नेपालमा  पहिलोपटक  वि.स.२०१३ साल  भदौ  २२  गते  निजामति  सेवा  ऐन  लागू  भएको थियो ।

कोरोना  संक्रमणलाई  परास्त  गर्न  अग्र  पंक्तिमा  रही  कार्य गर्ने  सबै  कर्मचारीहरुप्रति  ओलीले  सम्मान  प्रकट  गरेका  छन् ।
उनले  निजामति  कर्मचारीले  आफ्नो  कर्तव्य  पालना  गर्दै लोकतन्त्रको  अभ्यासलाई  थप  सुदृढ  बनाउन  र  जनतालाई सुशासनको  प्रत्याभूति  दिलाउन  भूमिका  निर्वाह  गर्न  सक्ने धारणा  सन्देशमा  व्यक्त  गरेका  छन् ।  निजामति  सेवालाई संघीयता  अनुकूल  बनाउनुपर्नेमा  प्रधानमन्त्री  ओलीले  जोड दिएका छन् ।