
विराटनगर । भदाै २२
गएकाे बिहीबार ललितपुरको पुल्चोकमा रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा झडप हुँदा पक्राउ परेका ६ जना सर्वसाधारणमा कोरोना भाइरसको संक्रमण देखिएको छ।
महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता तथा डिएसपी सन्तोष तामाङले जानकारी दिएअनुसार ६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो।
‘साेमबार अाएकाे रिपोर्ट आएको अनुसार पक्राउ परेका १६ जनामध्ये ६ जनामा संक्रमण देखिएको हाे । उनीहरूलाइ ललितपुर परिसरमै राखिएकाे छ ।
प्रहरीले यसअघि १९ जनालाई पक्राउ गरेकोमा तीन जनालाई छोडिसकेको छ। महानगरीय अपराध महाशाखाको टोलीले आइतबार नै ललितपुरका मेयरलाई काट्ने भन्दै धम्की दिने सञ्जय शाक्यलाई समेत पक्राउ गरेकाे थियाे ।
प्रहरीले अभियुक्तहरूमाथि सार्वजनिक शान्ति विरूद्धको कसूरमा अनुसन्धान अघि बढाएको जनाएको छ।