झिँगा मार्ने क्रममा घरमा सल्कियो आगो

२२ भाद्र २०७७, सोमबार
प्रतीनिधी मुल्क तस्विर

झिँगा  मार्ने  क्रममा  फ्रान्सका  एक  व्यक्तिको  घरमा आगो लागेको  छ ।

फ्रान्सको  दोर्देनस्थित  आफ्नै  घरमा  खाना  खाने  क्रममा इलेक्ट्रोनिक  र्याकेट  प्रयोग  गरी  झिँगा  मार्ने  क्रममा  ८० वर्षीय  वृद्धको  घर  जलेको  हो ।
घरमा  ग्यास  लिक  भइरहेको  अवस्थामा  र्याकेट  चलाउँदा सिलिन्डर  विस्फोट  भई  घरको  भान्सा  र  छतमा  क्षति  पुगेको  छ  भने  वृद्धको  हातसमेत  पोलेको छ ।