जबरजस्ती करणीकाे आरोपमा प्रहरी जवान पक्राउ

२२ भाद्र २०७७, सोमबार
सांकेतिक तस्वीर

विराटनगर । भदाै २२

युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा गौशालाका प्रहरी  जवान उपेन्द्र सिंह पक्राऊ परेका छन् ।  दार्चुला घर भई  हाल महानगरीय प्रहरी वृत्त, गौशालामा कार्यरत प्रहरी जवान सिंहलाई हिरासतमा लिइएको छ ।

२१ वर्षीय युवतीले दिएको किटानीलाई मध्यनजर गर्दै सिंहलाई हिरासतमा लिएको गौशाला प्रहरी कार्यालयका नायब उपरीक्षक (डीएसपी) जितेन्द्र बस्नेतले  बताए ।

बिहीबार बनस्थलीस्थित  आफ्नै घरमा आएर बलत्कार गर्न खोजेको भन्दै पिडित युवतीले किटानी जाहेरी गरेको आधारमा सिंहलाई पक्राऊ गरिएको  डीएसपी बस्नेतले जानकारी दिए।