युईएफए नेसन्स लिग: नेदरल्यान्ड्सलाई हराउदै इटाली लिग ‘ए’१ को शीर्षस्थानमा

२३ भाद्र २०७७, मंगलवार

 

युईएफए  नेसन्स  लिगमा  इटालीले  नेदरल्यान्ड्सलाई  उसकै मैदानमा १–० को   जित  हात  पारेको छ।  इटालीको जितमा  बरेल्लाले पहिलो  हाफको  इन्ज्युरी  समयमा  गोल  गरेका  थिए  जुन  गोलनै  निर्णायक  बन्यो ।

जितसँगै  इटाली  लिग  ‘ए’   १ मा ४  अंक  जोडेर  शीर्षस्थानमा उक्लिएको  छ ।  पराजित  नेदरल्यान्ड्स  ३  अंक  जोडेर  दोस्रो स्थानमा  रहेको  छ ।