
६ वर्ष अगाडि नेपालका पूर्व कप्तान सागर थापासहित पाँच खेलाडीलाई म्याच फिक्सिङ को आरोप लागेको थियो । असार २ गते गरेको फैसलाको निर्णय अनुसार थापासहिद पाँच खेलाडीलाई सर्वोच्च अदालतले सफाई दिँदै निर्दोष भएको ठहर गरेको छ।
सन् २००८ को मर्डेका कप, सन् २००९ को साफ च्याम्पियनसिप, सन् २०११ मा मलेसियामा भएको मैत्रीपूर्ण खेल, सन् २०११ मा फिलिपिन्समा भएको मैत्रीपूर्ण खेल, सन् २०१२ मा भारतमा भएको नेहरु कप र सन् २०१४ मा कोरियामा भएको खेलमा मिलेमतो गरेको आरोप लागेको थियो।

म्याच फिक्सिङ को आरोप लागेपछि एएफसी तथा विश्व फुटबलको सर्वोच्च निकाय फिफाले पाँचै जनालाई फुटबलका सबै खेल खेल्न नपाउने गरी आजीवन प्रतिबन्ध लगाएको थियो। तर, अदालतले खेलाडीमाथि लगाएको अभियोग पुष्टि नभएको ठहर गर्दै सफाई दिएको छ।