गण्डकीमा ११ कोरोना सङ्क्रमित थपिए सँगै सङ्क्रमितको सङ्ख्या दुई हजार ६१२ पुगेको छ

२३ भाद्र २०७७, मंगलवार

गण्डकी  प्रदेशमा  आज  थप  ११  जनामा  कोरोना सङ्क्रमण  पुष्टि  भएको  गण्डकी  प्रदेश  स्वास्थ्य निर्देशनालय  जनाएको  छ । 

निर्देशनालयका  अनुसार  गण्डकी  प्रदेशमा हालसम्म  ५२  हजार  ५२५  जनाको  पिसिआरको नमूना  सङ्कलन  गरी प रीक्षण गरिएको  थियो । ती  मध्ये  सङ्क्रमितको  सङ्ख्या  दुई  हजार ६१२ छ  भने  ४९ हजार ९१३  जनामा  सङ्क्रमण देखिएको  छैन ।  त्यस्तै  सक्रिय  सङ्क्रमितको सङ्ख्या  ८०७,  निको  हुनेको  सङ्ख्या  एक  हजार ७८५  रहेको  र  २०  जनाको  मृत्यु भएको छ।