
सहकर्मी महिलामाथि यौन शोषण गरेको आरोपमा प्रहरीले पोखरास्थित हिमालय आँखा अस्पतालका लेखा प्र मुख वामदेव सुवेदीलाई गिरफ्तार गरेको छ ।
सुवेदीले आफूमाथि विगत चार वर्षदेखि धम्की दिएर यौन शोषण गरेको भन्दै पीडित ३८ वर्षीया महिलाले उजुरी दिएपछि सुवेदीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक (डीएसपी) सुवास हमालले जानकारी दिएका छन् । उनका अनुसार सुवेदीमाथि अर्की एक महिलाले पनि उजुरी दर्ता गराएकी छन् ।
सुवेदीबारे महिलाले आफ्नो कार्यालयलाई शुक्रबार उजुरी गरेपछि कार्यालयले उनलाई तत्काल निलम्बन गर्दै न्यायका लागि प्रहरीमा उजुरी दिन सल्लाह दिएकोमा महिलाले आज प्रहरीमा जाहेरी दिएकी हुन् ।