फ्रान्सका फुटबल खेलाडी केलियन एम्बाप्पेलाई कोरोना संक्रमण

२३ भाद्र २०७७, मंगलवार

फ्रान्सका फुटबल खेलाडी केलियन एम्बाप्पेलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

फ्रान्सका २१ वर्षे फर्डवार्ड खेलाडी एम्बाप्पेलाई सोमबार गरिएको परीक्षणमा कोरोना पोजेटिभ देखिएको फ्रेन्च फुटबल फेडेरेसनले जनाएको छ।

कोरोना पोजेटिभ देखिएपछि उनी फ्रान्स फर्किएका छन्। उनमा कोरोना पोजेटिभ देखिए पनि लक्षण भने छैन।

उनमा संक्रमण देखिएपछि युरोपियन नेसन्स लिग अन्तर्गत मंगलबार राति हुने फ्रान्स र क्रोएसियाबिचको खेल समेत अन्यौलमा परेको छ।

एमबाप्पेमा संक्रमण देखिएपछि लिग वानको सिजन पनि अन्यौलमा आएको छ। एमबाप्पेले नेसन्स लिग अन्तर्गत शनिबार राति भएको खेलमा एक गोल गरेका थिए।