तेलुगु चलचित्रका चर्चित कलाकार हृदयघातका कारण निधन

२३ भाद्र २०७७, मंगलवार

नयाँ दिल्ली ।  भदौ २३

भारतका चर्चित कलाकार जयप्रकाश रेड्डीको साेमबार हृदयघातका कारण निधन भएको छ ।

साउथ इण्डियन तेलुगु चलचित्रका चर्चित कलाकार रेड्डीको निधन भएको हाे ।

उनकाे मंगलबार ७४ वर्षको उमेरमा हृदयघातका कारण निधन भएको भारतीय मिडियाहरूले जनाएका छन् ।

भारतीय मिडयाले जनाएअनुसार मङ्गलबार बिहान उनी बाथरुममा लडेको अवस्थामा भेटिएका थिए । परिवारिक स्राेतका अनुसार हस्पिटल लैजाने क्रममा उनकाे मृत्यु भएकाे हाे ।

रेड्डी अान्ध्रप्रदेशकाे गुन्टरमा बस्दै आएका थिए । ‘ब्रह्मपुत्रुदू’ चलचित्रबाट फिल्मी करिअर सुरु गरी उनी हास्यचरित्रका अभिनेतासँगै खलनायकको पात्रमा लोकप्रिय थिए ।