विराटनगरका १७ सहित प्रदेश १ मा ८० जनामा संक्रमण

२३ भाद्र २०७७, मंगलवार

विराटनगर । भदाै २३

गत २४ घण्टामा प्रदेश १ मा मंगलबार थप ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये सुनसरीमा ३७, मोरङमा २२, झापामा १६, ओखलढुङ्गामा २, इलाम, उदयपुर र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनकारी दिएकाे छ ।

यसैगरी विराटनगरका ११ महिला र ६ पुरुष गरी १७ जनामा पनि काेराेना संक्रमण पुष्टि भएकाे छ । साथै  रतुवामाईका ३ र ग्रामथानका १ पुरुष, बुढीगंगाकी १ महिलामा कोरोना देखिएको छ । मन्त्रालयका अनुसार सुनसरीको इटहरीमा १० महिला र ८ पुरुष, दुहवीमा ४ महिला र ८ पुरुष, कोशी गाउँपालिकामा २ महिला र १ पुरुष, गढी, रामधुनी, इनरुवा, धरानमा १–१ पुरुषको रिपोर्ट पोजेटिभ देखिएकाे छ ।

उता झापाको दमकमा २ महिला र ४ पुरुष, शिवसताक्षीमा २ महिला र १ पुरुष, गौरीगञ्जमा १ महिला र १ पुरुष, विर्तामोडमा १ महिला र १ पुरुष, बा¥हदशी, मेचीनगर र कनकाईमा १–१ पुरुष, ओखलढुङ्गाको मानेभन्ज्याङका २ पुरुष, इलामकी १ महिला, उदयपुरको चौदण्डीगढीकी १ महिला र प्रदेश १ बाहिरका १ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएकाे छ ।

भदाै २३ सम्म प्रदेश १ मा कोरोना संक्रमितको संख्या कूल ४ हजार २५७ पुगेको छ । प्रदेश १ मा मंगलबार १६ जना डिस्चार्ज पनि भएका छन् । जसमा जिल्ला अस्पताल खोटाङबाट ६, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र मेची अस्पताल झापाबाट ५–५ जना डिस्चार्ज भएका छन् । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या कूल १ हजार ९१२ पुगेको छ ।

प्रदेश १ मा मंगलबार जम्मा १ हजार ६१५ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामा ३६ महिला र ४४ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जानकारी दिएकाे छ ।