विराटनगर महानगरमा चोरको बिगबिगी, मन्दिरको ताला तोडेर बहुमूल्य सामान चोरी (भिडियो सहित)

२३ भाद्र २०७७, मंगलवार

मोरङको विराटनगर महानगरपालिका-१३, तिनटोलियास्थित बालाजी बाबोसा मन्दिरमा गएराति चोरी भएको छ ।मन्दिरको मूल ढोकामा इट्टा पसाई रडको प्रयोग गरी ताला तोडेर मन्दिरका भाँडावर्तन चोरी गरिएको मन्दिरका पुजारीले बताएका छन् ।

उनका अनुसार राति पूजा सम्पन्न गरी मन्दिरमा ताला लगाएकोमा आज बिहान ५ बजे आउँदा मन्दिरको ढोका फोडेर चोरी गरेको पाइएको हो ।मन्दिरमा रहेका चाँदीका भाँडावर्तनसहित पाँच हजार रुपैयाँ बराबरको सामान चोरी भएको पूजाले जानकारी दिएका छन् ।

उनका अनुसार केही समयअघि पनि मन्दिरमा चोरीको प्रयास गरिएकोमा सो सफल हुन सकेको थिएन ।पटक-पटक मन्दिरमा चोरीका घटना दोहोरिने गरेको बताउँदै पूजारीले घटनामा संलग्नहरुको खोजी गरी तत्काल कारबाही गर्न र मन्दिर आसपासका क्षेत्रमा रात्रिकालीन गस्ति बढाउन प्रहरीको ध्यानाकर्षण गराएका छन् ।।।