इटहरी सरकारद्वारा अस्पताललाई एम्बुलेन्स उपहार

२३ भाद्र २०७७, मंगलवार

सुनसरीको इटहरीस्थित इटहरी अस्पताललाई इटहरी उपमहानगरपालिकाले दुईओटा एम्बुलेन्स प्रदान गरेको छ ।

मेयर द्वारिकलाल चौधरीर उपमेयर लक्ष्मी गौतमले आज उपमहानगरपालिका कार्यालयमा एक समारोहका बीच अस्पताल सञ्चालकसमितिका अध्यक्ष भूपेन्द्र बराल र अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. मनिष शर्मालाई एम्बुलेन्सका साँचो हस्तान्तरण गरेका छन् ।

इटहरी क्षेत्रमा बढ्दै गएको कोरोना संक्रमणसँग लड्न उपयोगी हुने भएकाले एम्बुलेन्स प्रदान गरिएको हो ।
एम्बुलेन्स हस्तान्तरणका लागि आयोजित समारोहलाई सम्बोधन गर्दै मेयर चौधरीले कोरोना सङ्क्रमितको उपचारमा एम्बुलेन्सको प्रयोग सहायक सिद्ध हुने विश्वास व्यक्त गरे ।