प्रदेश प्रमुख डिआइजी कार्कीमा कोरोना पुष्टि

२३ भाद्र २०७७, मंगलवार

विराटनगर । भदौ २३
प्रदेश १ का प्रहरी प्रमुख ईश्वरबाबु कार्कीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
स्वास्थ्यमा सामान्य समस्या देखिएपछि सोमबार स्वाब परीक्षणका लागि दिएका कार्कीको मङ्गलबार रिपोर्ट पोजिटिभ आएको हो।

प्रदेश मन्त्रालयले दिएको सूचनाका आधारमा जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कार्कीलाई कोरोना पोजिटिभ देखिएको हो । कार्यालयमै आइसोलेट भएर बसेका कार्कीको स्वास्थ्य अवस्था सामान्य रहेको छ।

कुशल जनसेवकका रूपमा रहेका कार्कीको हामी शीघ्र स्वास्थ्य-लाभको कामना गर्दछौ।