कांग्रेस महामन्त्री सशाङ्क काेइरालामा काेराेना संक्रमण

२३ भाद्र २०७७, मंगलवार
साभारित तस्वीर

विराटनगर । भदाै २३

नेपाली कांग्रेसका महामन्त्री डा. सशाङ्क कोइरालामा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि कोइरालाले सोमबार ह्याम्स अस्पतालमा परीक्षणका लागि स्वाब दिएका थिए । हिजाे बेलुकी आएको रिपोर्टमा कोरोना पोजेटिभ देखिएपछि पुनः उनको स्वाब परीक्षण गरिएको थियो ।

अस्पतालले दोस्रो रिपोर्टका बारेमा भने काेइरालालाइ नगराएकाे बताएकाे छ ।  सामान्य ज्वरो देखिएको बताइएको छ । सिटामोल खाएपछि ज्वरो पनि घट्दै गएकाे बताइएकाे छ ।  ह्याम्स अस्पतालले कोइरालालाई कोरोना संक्रमण भएकोबारे आधिकारिक जानकारी भने दिएकाे छैन ।