यूईएफए नेसन्स लिग: आइसल्यान्ड बेल्जियम सँग ५-१ गोल अन्तरले पराजित

२४ भाद्र २०७७, बुधबार

यूईएफए  नेसन्स  लिग  फुटबल  अन्तर्गत  बेल्जियमले आइसल्यान्डलाई  ५-१  गोल  अन्तरले  पराजित  गरेकाे  हाे ।

बेल्जियमको  जितमा  मिच्चे  बात्सुयाले  दुई  गोल  गरे  । त्यस्तै  एक्सेल  विट्सेल,  डेरिस  र्मेतेन्स,  डेरिस  मेर्टेन्स  र डोकुले  एक–एक  गोल  गरे ।   आइसल्यान्डका  लागि होल्ब्रेटले  एक  गोल  गरे ।

जितसँगै  बेल्जियम  दुई  खेलबाट  ६  अंक  जोड्दै  समूह बीको  शीर्ष  स्थानमा  उक्लिएको  छ ।  पराजित आइसल्यान्ड  चौथो  स्थानमा  छ ।