साउदी अरबमा अलपत्र नेपाली कामदारद्वारा नाराबाजी

२४ भाद्र २०७७, बुधबार

साउदी  अरबमा  रोजगारी  गुमाएर  स्वदेश  फर्कन  चाहने नेपालीले  विदेशी  भूमिमै  नेपाल  सरकारविरुद्ध  नाराबाजी गरेका  छन् ।

दैनिक  पाँच  ओटा  उडान  आवश्यक  रहेकोमा  सरकारले सेप्टेम्बर  महिनामा  १३  ओटा  मात्र  उडान  उपलब्ध  गराउने भएपछि  सो  संख्या  अपर्याप्त  भएको  भन्दै  नेपाली  श्रमिक आन्दोलित  भएका  हुन् ।

तीन  महिनाको  अवधिमा  आठ  हजार  पाँच  सय २५ नेपालीलाई  साउदी  अरबबाट  स्वदेश  फिर्ता  ल्याएको सरकारले  थप  साढे  चौध  हजार  जना  कामदारको  नाम  स्वदेश  फिर्ता  गर्नुपर्ने  भन्दै  सुचिकृत  गरेको  छ ।  यसका अतिरिक्त  विभिन्न  कम्पनीले  तीन  हजार  जना  र  व्यक्तिगत रुपमा  थप  एक  हजार  जना  स्वदेश  फर्कने  आकाङ्क्षी दूतावासको  सम्पर्कमा  आएको  साउदी  अरबस्थित  नेपाली राजदूत  महेन्द्रसिंह  राजपुतले  बताए ।