कोरोना भाइरस विरुद्धको खोप परीक्षण स्थगित

२४ भाद्र २०७७, बुधबार

 

बेलायत । भदौ २४

बेलायतको  अक्सफोर्ड  विश्वविद्यालय  र  एस्ट्राजेनेकाले अन्तिम  चरणको  परीक्षण  गरिरहेको  कोरोना  भाइरस विरुद्धको  खोप  परीक्षण  स्थगित  भएको  छ ।

परीक्षणमा  सहभागी  एक  व्यक्ति  बिरामी  भएपछि  परीक्षण रोकिएको  स्ट्राजेनेकाले  जानकारी  दिएको  छ ।
सुरक्षा  मापदण्डको  पालनाबारे  जाँच  गरी  विश्वस्त  हुने अवस्थामा  मात्र  परीक्षण  पुन:  सुरु  गरिने  बीबीसीले जनाएको  छ ।

बेलायत, ब्राजिल  र  दक्षिण  अफ्रिकाका  गरी  तीस  हजार सहभागीमाथि  अन्तिम  परीक्षण  भइरहेको  यो  खोप  छिटै बजारमा  आउने  अपेक्षा  गरिएको  थियो ।  हाल  विश्वमा भइरहेका  एक  दर्जन  खोप  परीक्षणमध्ये  यसको  प्रगति  राम्रो रहेको  थियो ।

विश्वमा  हाल  एक  सय  ८०  ओटा  खोप  परीक्षण  जारी रहेको  विश्व  स्वास्थ्य  संगठनले  जनाएको  छ ।  कुनै पनि खोपको  क्लिनिकल  ट्रायल  सम्पन्न  नभएको  जनाउँदै  उसले मापदण्ड  पूरा  नगरी  खोप  प्रयोगमा  नल्याउन  चेतावनी दिएको  छ ।

https://youtu.be/lmQwj3kuh-s