विश्व स्वास्थ्य संगठनलाई अर्को महामारीको चिन्ता

२४ भाद्र २०७७, बुधबार

विश्व  स्वास्थ्य  संगठनका  प्रमुख  टेग्रोस  अडानोम गेबेरियससले  भविष्यमा  निम्तन  सक्ने  अर्को  महामारीको सामनाका  लागि  सबै  देश  तयार  हुनुपर्ने  बताएका  छन् ।

जेनेभामा  ब्रिफिङ  गदै  उनले  कोरोना  महामारी  नै  अन्तिम महामारी  नभएको  भन्दै  योभन्दा  जटिल  महामारीको सामनाका  लागि  विश्व  समुदायले  स्वास्थ्य  प्रणाली  सुदृढ बनाउँदै  सशक्त  बन्नुपर्ने  धारणा  राखेका  हुन् ।
संक्रमण  र  महामारीलाई  जीवनको  यथार्थ  मानी  सामना गर्नुपर्ने  उनको  भनाइ  छ ।

विश्वमा  हालसम्म  दुई  करोड  ४५  लाखभन्दा  बढी  मानिस कोरोना  संक्रमित  भएको  र  आठ  लाख  ९६  हजार  नौ  सय ८८ जनाले  संक्रमणकै  कारण  ज्यान  गुमाएको  विश्व  स्वास्थ्य संगठनको  तथ्यांक  छ।

https://youtu.be/lmQwj3kuh-s