चिन्ता लिइरहने बानी छ? यसाे गर्नुहाेस् !

निमेष अधिकारी

२४ भाद्र २०७७, बुधबार

चिन्ता मानवीय शरीरको प्राकृतिक प्रतिक्रिया हो जुन कुनै नयाँ कार्य गर्न लाग्दा, घुम्दा, नयाँ मानिससँग भेट्घाट गर्दा आदि समयमा हुने गर्दछ ।

चिन्ता मानिसको शरीरलाई फाइदाजनक पनि हुने गर्दछ जसले हामीलाई कुनै गलत चाल चाल्न वा आफुमा आइपर्न सक्ने समस्या अगावै सजक बनाई यसबाट बच्न मद्दत गर्दछ । तर कस्तो बेला भने यसले हामिलाई असर गरिरहेको छ र हामीले सहयोगको अपील गर्नपर्छ त्यस कुरामा भने ध्यान दिनु निकै आवश्यक रहेको छ । यदि तपाइँलाई कुनै कुराको चिन्ता लामो समयसम्म भैरहेको छ र यसले तपाईंको दैनिकी कार्य तथा सफलतामा असर हुने गरी चरम बिन्दुमा पुगेको छ भने तपाईंलाई चिन्ता मात्र नभई चिन्ताको रोग हुन सक्छ ।

चिन्ता उद्गम बिन्दुमा पुग्नु आफैँमा एक खराबी हो र यसले अर्को ठूलो जटिल मानसिक समस्या निम्त्याउने गर्दछ ।
चिन्ता मानिसको मनमा आउने एक विकारक भावना हो र तबसम्म मात्र ठीक हो जबसम्म यसले तपाईंले गर्ने निर्णयमा असर गर्दैन र यदि यसले असर गरेको महसूस हुन्छ भने यस्ता कुरा आफ्ना मिल्ने साथीभाइ, आफन्त वा स्वास्थकर्मीसंग सल्लाह लिनु उपयुक्त हुन्छ ।

उत्तेजक नकारात्मक भावना तथा डरले हुने चिन्तारोग हरेक उमेर समूहका मानिसलाई हुने गर्दछ ।  अमेरिकी मनोचिकित्सक संघका अनुसार पुरुषमा भन्दा महिलामा यस रोगको सम्भावना अधिक हुने गर्दछ ।
चिन्ता वा चिन्तारोगको मुख्य कारणमा अरू थुप्रै साना साना चिन्ता वा भावना हुन सक्दछ ।

 

कस्ता हुन सक्छ्न चिन्ताका लक्षण ?
कुनै किसिमको कार्य सम्पादन वा परिस्थितिमा रहदा निम्न किसिमको शरीरमा परिवर्तन महशुस भए तपाइँलाई चिन्ताका लक्षण हुन सक्दछ ।

१. मुटुको धड्कनको दर बढ्नु ।
२. सास फेर्न असहज वा तेज हुनु ।
३. एक किसिमको मनमा बेचैनी हुनु ।
४. दैनिककार्यमा ध्यान केन्द्रित नहुनु ।
५. निन्द्रा पर्नमा समस्या हुनु ।
६. अनावश्यक कुरा मनमा धेरै खेलाइरहनु ।
७. चक्कर वा कमजोरी महसूस हुनु ।
८. सुख्खा मुख वा पसिना छुट्नु ।
९. केही नगरी थकाइ महसूस हुनु आदि ।

कसरी यसवाट मुक्ति वा राहत पाउन सकिन्छ ?

मानिसको जिवनमा अप्रत्याशित घटना वा कार्य भइरहने हुँदा चिन्तावाट मुक्ति हुन भने अवश्य निकै गाह्राे असम्भव कुरा हो तर सानासाना चिन्ताबाट मानिसले कस्तो प्रतिक्रिया जनाउँदछन् र यसलाइ कसरी समाधान गर्दछ्न् त्यसमा भर पर्दछ । राहतका लागि केही निम्न प्रकारका उपाय अपनाउन सकिन्छ -

१. पर्याप्त सुती शरीर तथा मस्तिष्कलाई आराम दिनु ।
२. योग ध्यान अभ्यास गर्नु ।
३. शारीरिक व्यायाम गर्नु र शरीरलाई स्फूर्त राख्नु।
४. स्वस्थ प्रकारका खाना खाने बानी बसाल्नु ।
५. रक्सी चुरोट लगायत खराब आचरणको त्याग गर्नु आदि ।

यी र यस्तै उपायले मानिसलाई र भयबाट मुक्ति दिलाउन सहयोग पुर्याउँदछ । कोरोनाको यस खराब घडीमा मानिसले समयानुकूल आफ्नो परिस्थिति नपाउँदा विभिन्न नकारात्मक विचार तथा भावना उत्पन्न हुने हुँदा समयमै आफ्नो मन भुलाउने कार्य वा आफुलाई सक्दो व्यस्त राख्न सके यसरोगबाट भावी समयमा हुन सक्ने प्रतिकूल असरबाट बच्न सकिन्छ साथै आफूमा वा आफ्ना कोहीमा चिन्तारोगको लक्षणले खराब परिस्थिति निम्त्याउन सक्ने सम्भावना देखे तुरुन्त स्वास्थकर्मी वा जान्ने मानिससँग सल्लाह लिएर समस्या समाधान गर्न सकिन्छ । मानसिक रोगबारे आज पनि समाजमा खुलेर कुरा नहुने भएकाले यसले मानिसलाई झनै पिरोली गलत कदम उठाउन सक्ने र यसको फल निकै खराब हुन पनि सक्दछ ।

https://youtu.be/lmQwj3kuh-s