बीएमसीले चलायो कंगनाको अफिसमा डोजर

२४ भाद्र २०७७, बुधबार
तस्वीर - अनलाइल् खबर

नयाँ दिल्ली । भदाै २४

बलिउडकी चर्चित अभिनेत्री तथा नायिका कंगना रनावतको मुम्बइस्थित अफिसमा बीएमसीले डोजर चलाएको छ ।

बृहन्मुम्बई महानगरपालिकाले अफिसको निर्माण अवैध तरिकाले भएको भन्दै २४ घन्टाको अल्टिमेटमसहित नोटिस टाँसेको थियो । तर त्यसको केही समयपछि बीएमसीका कर्मचारी र मजदुर डोजर, क्रेन, हथौडा लिएर कंगनाको अफिस पुगेका उनीहरुले अफिस भत्काएका हुन् ।

आफु नपुगिकनै आफ्नो अफिसमा डोजर चलेपछि कंगनाले ट्विटरमार्फत् त्यसको विरोध जनाएकी छिन् । उनले यो अफिस मात्र नभएर राम मन्दिर भएको पनि उल्लेख गरेकी उनले आफ्नो अफिसमा बाबर प्रवेश गरेको बताएकी छिन् ।

कंगनाले बीएमसीको विरुद्धमा उच्च न्यायालयमा उजुरी दिएकी छिन् । उनले आफू आउनु अगाडि नै महाराष्ट्र सरकारका गुन्डाहरुले आफ्नो अफिस तोडेको उल्लेख गरेकी छिन् ।