बिरिङ खोलाले बगाउँदा बालकको मृत्यु

२४ भाद्र २०७७, बुधबार

विराटनगर । भदाै २४

झापाको बिरिङ खोलाले बगाउदा एक बालकको मृत्यु भएको छ ।

कनकाई नगरपालिका–९ स्थित बिरिङ खोलाले बगाउँदा कनकाई नगरपालिका–९ घैलाडुब्बाका १५ वर्षीय गोविन्द साहको मृत्यु भएको हो। बुधबार दिउँसो भैंसीलाई पानी खुवाउनका लागि खोलामा लगेको बेला उनलाई खोलाले बगाएको थियो ।

खोलाले बगाएको उनलाई स्थानीयले खोलाबाट उद्धार गरी तत्काल उपचारका लागि लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।