बुधबार सुनसरीमा २७ जना संक्रमित थपिए

२४ भाद्र २०७७, बुधबार

विराटनगर। भदाै २४

सुनसरी जिल्लामा गत २४ घण्टामा गरिएको पिसिआर परीक्षणकाे नतिजाअनुसार थप २७ जनामा कोरोना संक्रमण देखिएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय सुनसरीले जनाएअनुसार ७ महिला र २० पुरुषमा कोरोना संक्रमण देखिएको छ ।

जसमध्ये धरानमा २ महिला र १ पुरुष, इनरुवामा १ महिला र ४ पुरुष तथा भोक्राहामा १ पुरुष छन् । साथै इटहरी उप म.न.पा.मा ४ महिला र ६ परुष र रामधुनीमा ७ पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय सुनसरीका कोभिड १९ फोकल पर्सन सिर्जना लिङ्थेपले जानकारी दिएका छन् ।

सुनसरीमा कोरोना सङ्क्रमितको सङ्ख्या कूल ११ सय १ पुगेको छ । जम्मा ४ सय ४६ जना निको भएका छन् । कूल ६ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भइसकेकाे छ ।