ट्रम्पलाई नोबेल शान्ति पुरस्कार

२४ भाद्र २०७७, बुधबार

वासिङटन । भदाै २४

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नोबेल शान्ति पुरस्कारका लागि मनोनित गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

इजरायल र संयुक्त अरब इमिरेट्सबीच शान्ति सम्झौता गराउन सफल भएको भन्दै उनलाई सन् २०२१ को नोबेल शान्ति पुरस्कारका लागि सिफारिस गरिएको हाे ।

अमेरिकाकाे पहलमा भएकाे सम्झौताका कारण सन् १९८४ मा अस्तित्वमा रहेको इजरायललाई मान्यता दिने अरब इमिरेट्स तेस्रो खाडी राष्ट्र बनेको छ।

यही महिनामात्रै दुबै देशबिच टेलिफोन सेवा संचालन समेत भएको छ। त्यस्तै पहिलो व्यवसायिक हवाइ उडानसमेत सुरु भएको छ।

पहिलो विमान यात्राबाट संयुक्त अरब इमिरेट्स पुगेको अमेरिकी अधिकारीसहितको इजरायली टोलीले त्यहाँका उच्च अधिकारीहरुसँग सम्बन्ध सुधारको बारेमा छलफल गरेका थिए।

नर्वेका संसद र नाटो संसदीय एसेम्बलीका अध्यक्ष क्रिस्टियन टाब्रिङ जेड्डीले उनको नाम पुस्कारकालागि सिफारिस गरेका हुन्। सन् २०१८ मा पनि उत्तर कोरियाली नेता किम जोङसँग वार्ता गर्न सफल भएकोमा उनले नोबेल शान्ति पुरस्कारका लागि ट्रम्पको नाम सिफारिस गरेका थिए।