विराटनगरमा ७० सहित प्रदेश १ मा १५५ कोरोना संक्रमित थप

२४ भाद्र २०७७, बुधबार

विराटनगर । भदाै २४

गत २४ घण्टामा प्रदेश १ मा १५५ कोरोना संक्रमित थप भएका छन् । जसमा सबैभन्दा धेर मोरङमा ८०, सुनसरीमा ६०, भोजपुरमा ५, धनकुटामा ४, झापामा ३, ताप्लेजुङ, उदयपुर तथा प्रदेश १ बाहिरका १–१ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले जानकारी दिएअनुसार विराटनगरका मात्रै  ७० जनामा संक्रमण देखिएको छ । तीमध्ये ३० महिला र ४० पुरुषहरू छन् ।

उता लेटाङमा १ महिला ३ पुरुष, पथरीशनिश्चरेमा ३ पुरुष, उर्लाबारी र सुन्दरहरैचामा १–१ पुरुष, ग्रामथानमा १ महिलाको रिपोर्ट पोजेटिभ आएको पनि सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

त्यसैगरी धरानमा १३ महिला ९ पुरुष, इटहरीमा ९ पुरुष १३ महिला, इनरुवामा ४ महिला १२ पुरुष, भोजपुरको षडानन्दमा १ महिला ४ पुरुष, धनकुटाको चौविसेमा १ महिला २ पुरुष, धनकुटा नगरपालिकामा १ पुरुष, झापाको कमलगाउँपालिका र कनकाईमा १–१ पुरुष छन् ।

झापाकाे शिवसताक्षीमा १ महिला, ताप्लेजुङको मेरिङदेनमा १ महिला, उदयपुरको त्रियुगामा १ पुरुष र प्रदेश १ बाहिरका १ महिलामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

याेसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या कूल ४ हजार ४१२ पुगेको छ ।

प्रदेश १ मा बुधबार ३६ जना डिस्चार्ज भएका छन् । जसमा जिल्ला अस्पताल धनकुटाबाट १४, जीवन विकास आधारभुत विद्यालय धनकपालथानबाट १३, जिल्ला अस्पताल संखुवासभाबाट ५ र होम आईसोलेसनबाट ४ जना डिस्चार्ज भएका मन्त्रालयले जनाएकाे छ ।  साथै प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या १ हजार ९४८ पुगेको छ ।

प्रदेश १ मा बुधबार मात्रै १ हजार ३७० जनाको पीसीआर परीक्षण गरिएकाेमा ६३ महिला र ९२ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार अहिलेसम्म  जम्मा १ लाख ३ हजार ३३३ जनाको पीसीआर परीक्षण भएकाे छ ।