आमालाई करणी गरेर भागेका युवक पक्राउ

२४ भाद्र २०७७, बुधबार
सांकेतिक तस्वीर

विराटनगर । भदौ २४

आफ्नी आमालाई नै करणी गरेको आरोपमा इलाममा प्रहरीले एक युवालाई पक्राउ गरेको छ ।

ईलामको देउमाई नगरपालिका ६ शान्तिडाडाँका २३ वर्षीय युवालाई लुकेर बसिरहेको अवस्थामा ईलाम नगरपालिका ५ तोरीबारीबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

गत भाद्र ७ गते आफ्नी ६३ बर्षीया आमालाई जबरजस्ती करणी गरेर भागेका युवालाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी निरीक्षक नवीन राईको टोलीले हिजो साँझ उनलाई पक्राउ गरेको थियो ।

उनीमाथि थप अनुसन्धान गरी कारबाहीको प्रक्रिया अगाडि बढाउने प्रहरीले जनाएको छ ।