उपत्यकामा निषेधाज्ञा खुकुलो बनाउने निर्णय

२४ भाद्र २०७७, बुधबार

 

विराटनगर। भदौ २४

कोरोना  महामारीका  कारण  गत  चैत  ११  गतेदेखि  जारी भएको  देशव्यापी  लकडाउन  अहिले  पनि  कायम  छ।  तर कोरोनाको  बिगबिगी  थामिनसक्नु  बढेको  छ।

देशभर  भएको  निषेधाज्ञामा  स्थानीय त हहरूले  आआफ्नै तरिकाले  लागू  गराइरहेका  छन्।  जसमध्ये  काठमाडौं उपत्यकाका  तीन  जिल्लामा  पनि  कोरोनाको  महामारी नियन्त्रणका  लागि  निषेधाज्ञा  जारी  रहेको  छ।

भाद्र ३ गतेदेखिको दोश्रो चरणको निषेधाज्ञाले झन् जनजीवन अस्तव्यस्त बनेको र आर्थिक गतिविधि नै ठप्प हुनुपरेको परिप्रेक्ष्यमा सबैतिर निषेधाज्ञाको विकल्प खोज्नुपर्ने आवाज उठिरहँदा उपत्यकाका मेयरहरूको समूह फोरमले निषेधाज्ञाको मोडालिटी परिवर्तन गर्ने निर्णय गरेको छ ।

नीजि  सवारीलाई  जोर  बिजोरका  दरले  सञ्चालन  गर्ने  तथा स्वास्थ्य  मापदण्ड  प्रयोग  गरी  उद्योग  धन्दा  सञ्चालन गर्ने तथा पूर्ववत् अत्यावश्यक खाद्य सामाग्री लगायतका सवारी आवतजावत गर्न दिइने भएको छ। होटल रेष्टुरेण्ट तथा बारहरू सञ्चालनमा रोक लगाइने छ भने शैक्षिक संस्था यथावत् रूपमा सञ्चालन  हुनेछैनन्।

मेयरहरूको  संयुक्त  बैठकले  सभा  सम्मेलन  तथा  भीडभाडमा  रोक  लगाउने  तथा  सबैतिरका  उपत्यका  भित्रिने नाकामा  पनि  कडाइ  गर्ने  जनाएको  छ।