असाेज १ देखि सार्वजनिक यातायात चल्छन् त? यस्ताे छ व्यवसायीहरूकाे तयारी

२४ भाद्र २०७७, बुधबार
तस्वीर - साभार

विराटनगर । भदाै २४

यातायात व्यवसायीहरुले असोज १ गतेदेखि यातायात व्यवसायीहरुले सबै सार्वजनिक सवारी साधन सञ्चालनमा ल्याउने तयारी थालेका छन् । कोरोना नियन्त्रणका नाममा सार्वजनिक यातायात संचालनलाई सरकारी तवरबाट निषेध गरेका बेला व्यवसायीकाे भने  सन्चालनमा ल्याउने तयारी भएकाे बताइएकाे छ ।

भदाै २४ गते बुधबार  बसेकाे यातायात व्यवसायी, यातायात व्यवस्था विभाग र तीन वटा मजदुर संगठनको संयुक्त बैठकमा व्यवसायी र मजदुर संगठनहरूले यातायात खुलाउन सहजीकरण नगरे विश्वकर्मा पूजाको दिनदेखि लामा तथा छाेटाम दूरीका यातायात चलनउन थाल्ने बताएका छन् ।

‘यतिञ्जेल हामीले जसोतसो धान्यौं, अब सिटामोल खान सक्ने अवस्था पनि छैन’ यातायात व्यवुायी भीमज्वाला राइले बताए । सरकारले यातायात संचालनका लागि कुनै सहजीकरण नगरे विकल्प नखोजे आफूहरुले यातायात चलाउने जानकारी विभागलाई गराइएको राइले जानकारी दिए ।

उता यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले यो खालकाे निर्णय आफूहरुले गरेर नहुने भएकाे र मन्त्रिपरिषदबाटै निर्णय हुनुपर्ने बताएका छन्। कोरोना प्रभाव हेरी कम भएका ठाउँमा यातायात चलाउन सकिने सुझाव आफूहरुले दिएको हमालले बताएका छन् ।

सरकारले ताेकेबमाेजिम नै सुरक्षाका सम्पूर्ण मापदण्ड पुरा गरेर सन्चानल गर्ने यातायात व्यसायीले बताएका छन्।

‘कोरोनाबा जाेगिन स्वास्थ्य सुरक्षाका उपाय अपनाएर मात्र सार्वजनिक सवारी साधन संचालन गर्छौं’ नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्यले बताए ।

२०७६ चैत ११ गतेदेखि लकडाउन भएपछि लामो र छोटो दूरीका कुनै सवारीसाधन चल्न सकेका छैनन् । बरीब ६ महिनासम्म गुज्रँदा पनि सवारीसाधन चल्न नसक्दा आफूहरु बैँक किस्ता तथा ब्याजकाे पीर र सम्बद्ध मजदूरहरूकाे चुलाे बल्ने अवस्था पनि नहुने परिस्थितिले डिप्रेहनमा नै पुगेकाे व्यवसायीहरूले गुनासाे गरेका छन्। सरकारी सुस्त नीति र व्यवसायीकाे अठाेटले कतिसम्म सवारी चल्ने हाे त्याे चाहिँ स्पष्ट हुनसक्ने अवस्था छैन ।