हाम्राे विराटनगर – टप टेन टुडे समाचार श्रृंखला

२४ भाद्र २०७७, बुधबार

हाम्राे विराटनगर - टप टेन टुडे श्रृंखलामा आज २०७७-०५-२४ गतेका मुख्य समाचारहरू यस प्रकारका छन्। तपाईंले आज दिन भरीका प्रमुख खबरहरू संक्षिप्तमा पढ्न सक्नुहुनेछ ।

रेल  विभागले  पूर्व-पश्चिम  रेलमार्ग  अन्तर्गतको  इनरुवा-काकडभिट्टा  खण्डमा  ट्र्याक  बेड  बिछ्याउने  प्रयोजनका लागि  आह्वान  गरेका  दुई  ठेक्का  रद्द  गरेको  छ । विभागले  गत  असार  १४  र  १७  गते  आह्वान  गरिएको ठेक्का  सार्वजनिक  खरिद  नियमावलीविपरीत  भएको  भन्दै मंगलबार  सूचना  जारी  गरी  रद्द  गरेको  हो । https://hamrobiratnagar.com/2020/09/09/3415/

विश्व  स्वास्थ्य  संगठनका  प्रमुख  टेग्रोस  अडानोम गेबेरियससले  भविष्यमा  निम्तन  सक्ने  अर्को  महामारीको सामनाका  लागि  सबै  देश  तयार  हुनुपर्ने  बताएका  छन् । जेनेभामा  ब्रिफिङ  गदै  उनले  कोरोना  महामारी  नै  अन्तिम महामारी  नभएको  भन्दै  योभन्दा  जटिल  महामारीको सामनाका  लागि  विश्व  समुदायले  स्वास्थ्य  प्रणाली  सुदृढ बनाउँदै  सशक्त  बन्नुपर्ने  धारणा  राखेका  हुन् । संक्रमण  र  महामारीलाई  जीवनको  यथार्थ  मानी  सामना गर्नुपर्ने  उनको  भनाइ  छ । https://hamrobiratnagar.com/2020/09/09/3418/

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा बुधबार थप १ हजार ८१ जनामा कोरोना भाइरस पुष्टि भएको जनाएको    छ ।  देशभरका ३९ प्रयोगशालामा गरिएको ११ हजार १६८ जनाको परीक्षणमा थप १ हजार ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै देशभरमा संक्रमितको संख्या ४९ हजार २१९ पुगेको छ ।
अहिले देश भरमा १५ हजार २५ सक्रिय संक्रमित रहेका छन् । https://hamrobiratnagar.com/2020/09/09/3470/

यातायात व्यवसायीहरुले असोज १ गतेदेखि यातायात व्यवसायीहरुले सबै सार्वजनिक सवारी साधन सञ्चालनमा ल्याउने तयारी थालेका छन् । कोरोना नियन्त्रणका नाममा सार्वजनिक यातायात संचालनलाई सरकारी तवरबाट निषेध गरेका बेला व्यवसायीकाे भने  सन्चालनमा ल्याउने तयारी भएकाे बताइएकाे छ । बुधबार  बसेकाे यातायात व्यवसायी, यातायात व्यवस्था विभाग र तीन वटा मजदुर संगठनको संयुक्त बैठकमा व्यवसायी र मजदुर संगठनहरूले यातायात खुलाउन सहजीकरण नगरे विश्वकर्मा पूजाको दिनदेखि लामा तथा छाेटाम दूरीका यातायात चलनउन थाल्ने बताएका छन् । https://hamrobiratnagar.com/2020/09/09/3493/

खोटाङमा वृद्ध दाजु बहिनीकाे बिभत्स हत्या गर्ने अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ । जन्तेढुंगा गाउँपालिका–४ डम्बर्खु शिवालय पेलेलेका ७७ वर्षीय इन्द्रबहादुर श्रेष्ठ र उनकै ६७ वर्षीय बहिनी गोपीमाया श्रेष्ठलाई १ हजार सापटी नदिएकाे निहुँमा धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा सोही ठाउँका ३३ वर्षीय दुर्गाबहादुर राईलाई प्रहरीले सार्वजनिक गरेको हो । https://hamrobiratnagar.com/2020/09/09/3452/

बिरामीलाई  गलत  औषधि  बिक्री  गरेको  भेटिएपछि  औषधि व्यवस्था  विभागले  हिजो  मङ्गलबार  एउटा  फार्मेसी  सील गरेको  छ । विभागको  विराटनगरस्थित  कार्यालयले  अनुगमनका  क्रममा सिफारिसबिनाका  औषधि  बेचेको  भेटेपछि  विराट  नर्सिङ होम  अगाडि  रहेको  महेश  मेडिकल  हल  सील  गरेको कार्यालय  प्रमुख  सञ्जीव  कट्टेलले  जानकारी  दिए । https://hamrobiratnagar.com/2020/09/09/3409/

संघीय  सरकारको  भूमि  व्यवस्था, सहकारी  तथा  गरिबी निवारण  मन्त्रालयले  गरेको  जग्गाको  कित्ताकाट  फुकुवा  गर्ने निर्णयको  विरोध  सुरु  भएको  छ । तीन  वर्षअघि  सरकारले  रोकेको  कित्ताकाट  कुनै  नियम नबनाई  फुकुवा  गरेकोमा  सत्तापक्ष  र  प्रतिपक्षका  साथै  भूमि विज्ञले  समेत  शङ्का  प्रकट  गरिरहेका  छन् । भूमि व्यवस्था  तथा  गरिबी  निवारण  मन्त्री  पद्मा  अर्यालले  यस्तो निर्णय  गरेकी  हुन् । https://hamrobiratnagar.com/2020/09/09/3406/

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नोबेल शान्ति पुरस्कारका लागि मनोनित गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। इजरायल र संयुक्त अरब इमिरेट्सबीच शान्ति सम्झौता गराउन सफल भएको भन्दै उनलाई सन् २०२१ को नोबेल शान्ति पुरस्कारका लागि सिफारिस गरिएको हाे । अमेरिकाकाे पहलमा भएकाे सम्झौताका कारण सन् १९८४ मा अस्तित्वमा रहेको इजरायललाई मान्यता दिने अरब इमिरेट्स तेस्रो खाडी राष्ट्र बनेको छ। https://hamrobiratnagar.com/2020/09/09/3468/

विराटनगरको न्यूरो–कार्डियो एण्ड मल्टिस्पेसियालिटी अस्पतालले बुधबारबाट कोरोना संक्रमितको निःशुल्क उपचार सुरु गरेको छ । कोरोना संक्रमितका लागि सञ्चालनमा ल्याएको कोरोना अस्पतालमा न्यूरो अस्पतालले संक्रमितको उपचार निःशुल्क गरेको हो । सरकारसँग सम्झौता भएपछि न्यूरोले बुधबारबाट सेवा निःशुल्क गरेको न्यूरो अस्पतालका अस्पताल डाइरेक्टर इन्जिनियर रञ्जितराज बस्नेतले जानकारी दिएका छन् । https://hamrobiratnagar.com/2020/09/09/3484/

नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विपी कोइरालाको अाज १०७ औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइएकाे छ । जन्म वि. सं. १९७१ भदौ २४ गते जन्मिएका विपी नेपाली राजनीतिका शिखर पुरुष हुन् । समाजवादी चिन्तक काेइराला नेपाली साहित्यका समेत अग्रणी व्यक्तित्व हुन् । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले पनि जुममार्फत विपीलाइ सम्झिएकाे छ । साे अवसरमा पार्टीकाे अाधिकारिक वेभसाइट www.nepalicongress.org सार्वजनिक गरिएकाे छ । https://hamrobiratnagar.com/2020/09/09/3427/