कोरोनाबाट आक्रान्त बन्दै भारत, संक्रमणको दर भयावह

२५ भाद्र २०७७, बिहीबार

नयाँ दिल्ली । भदौ २५

कोरोना  संक्रमण  आक्रामक  रुपमा  बढेको  छ ।
हिजो  बुधबार  एकै  दिन  हालसम्मकै  सबैभन्दा  बढी  ९७ हजार  तीन सय  ९९  जना  कोरोना  संक्रमण  पुष्टि  भएको टाइम्स  अफ  इन्डियाले  जनाएको  छ ।

यससँगै  भारतमा  हालसम्म  संक्रमितको  संख्या  ४४  लाख पार  गरेको  छ  भने  ७५  हजारभन्दा  बढीले  ज्यानगुमाएका छन् । विगत  चौबीस  घण्टामा  मात्र  संक्रमितमध्ये  एक  हजार एक  सय  ५२  जनाको  ज्या न गएको  छ ।

विश्वमा  हालसम्म  नौ  लाखभन्दा  बढी  व्यक्तिले  ज्यान गुमाएकोमा  अमेरिका  र  ब्राजिलपछि  भारतले  सबैभन्दा  ठूलो  मानवीय  क्षति  व्यहोरेको छ ।