कोरोनाकै बीच करोडपति बन्ने खेल सुरु

२५ भाद्र २०७७, बिहीबार

कोरोना भाइरसको बढ्दो संक्रमणका बीच भारतको लोकप्रिय टेलिभिजन रियालिटी शो “कौन बनेगा करोडपति” को सुटिङ सोमबारदेखि सुरु भएको छ ।

भर्खरै कोरोना संक्रमणबाट मुक्त भएका कार्यक्रम प्रस्तोता बलिउड का महानायक अमिताभ बच्चनले ट्विटरमार्फत् सुटिङका तस्बिर सार्वजनिक गर्दै ‘१२ औं पर्व, केबिसीः कौन बनेगा करोडपति, आरम्भ’ भनी सुटिङबारे जानकारी गराएका छन् ।

कोरोना सङ्क्रमितको जोखिमका कारण दर्शक सहभागी नगराई कार्यक्रम सम्पन्न गर्न लागेको निर्माण पक्षले आन्तरिक जनशक्तिसमेत कम संख्यामा सेटमा उतार्न लागेको बीबीसी हिन्दीले उल्लेख गरेको छ ।