लक्षण सहितका कोरोना सङ्क्रमितको संख्या बढ्दै

२५ भाद्र २०७७, बिहीबार

विराटनगर । भदाै २५

कोरोना  भाइरस (कोभिड-१९)  को  संक्रमण  बढ्दै  गइरहेका बेला  अस्पतालमा  उपचाररत  अधिकांश  बिरामीमा  विभिन्न लक्षण  देखिन  थालेको  छ ।
कोशी  अस्पतालको  कोभिड १९  उपचार  केन्द्रका  प्रमुख डा. दीपक  सिग्देलले  केन्द्रमा  उपचाररत  ५६  जनामध्ये ७० प्रतिशत  बिरामीमा  लक्षण  देखिएको  बताएका  छन् ।
उनका  अनुसार  गम्भीर  अवस्थाका  १० जनामध्ये  चार जनालाई  आईसीयू  र  ६  जनालाई  एचडी ओमा  राखिएको छ ।
यस्तै,  विराट  मेडिकल  कलेजमा  उपचाररत  १९ मध्ये १५ जना  संक्रमितमा  रुघाखोकी , ज्वरोजस्ता  सामान्य  लक्षण देखिएको  र  चार  जनाको  आईसीयूमा  उपचा र गर्नुपरेको अस्पतालका  प्रशासन  प्रमुख  सुधीरसिंह  राठौरले  बताए ।
यस्तै,  नोबेल  शिक्षण  अस्पतालमा  हाल १३  जना  संक्रमित उपचाररत  रहेकोमा  कसैमा  पनि  लक्षण  नदेखिएको

अस्पतालका  जनसम्पर्क  अधिकृत  नारायण  दाहालले बताए ।  लक्षण  सहितका  संक्रमित  देखिन  थालेपछि  सरकारले लक्षण  नदेखिएका  संक्रमितलाई  घरमै  आइसोलेसनमा  बस्न पाउने  व्यवस्था  गरेको छ ।